नियम ४७
दाबी भुक्तानी फिर्ता गर्नु पर्ने
: १) नियम ४३ बमोजिम कोषबाट दाबी भुक्तानी प्राप्त भएको कर्जा मध्ये आंशिक कर्जा असूल उपर भएमा असूल उपर भएको रकमको कोषले दाबी भुक्तानी दिँदा व्यहोरेको प्रतिशतले हुन आउने रकम र सम्पूर्ण कर्जा रकम असूल उपर भएमा दाबी भुक्तानी वापत प्राप्त भएको सम्पूर्ण रकम कर्जा असूल उपर भएको मितिले पैंतीस दिनभित्र अनुसूची-१५ बमोजिमको विवरण सहित सम्बन्धित सदस्य संस्थाले कोषलाई फिर्ता गर्नु पर्नेछ ।

“(१क) उपनियम; (१) बमोजिमको अवधिभित्र असुल उपर भएको रकम फिर्ता:नगर्ने सदस्य संस्थाले उक्त रकम कोषलाई फिर्ता नगरेसम्म त्यस्तो सदस्य संस्थाको दाबी कारबाही प्रक्रिया अंगाडि बढाइने छैन। "

(२) सम्बन्धित सदस्य संस्थाले आफूले पूरा गर्नु पर्ने जिम्मेवारी पूरा नगरेको कारणबाट कुनै कर्जा असूल उपर हुन नसक्ने भई कोषलाई हानी नोक्सानी भएको समितिले ठहर गरेमा त्यस्तो कर्जाको दाबी भुक्तानी बापत कोषले त्यस्तो संस्थालाई भुक्तानी गरेको रकम कोषले तोकेको अवधिभित्र सम्बन्धित सदस्य संस्थाले कोषमा फिर्ता गर्नु पर्नेछ ।

बा पहिलो संशोधनदवारा थप । ७ पहिलो संशोधनदवारा संशोधित । (३) कोषबाट दाबी भुक्तानी प्राप्त भएको कर्जाको धितोमा रहेको चल अचल सम्पत्ति सम्बन्धित सदस्य संस्थाले आफ्नो स्वामित्वमा लिएमा यसरी स्वामित्वमा लिएको मितिले पैंतीस दिनभित्र सो दाबी भुक्तानी वापत प्राप्त सम्पूर्ण रकम कोषलाई फिर्ता गर्नु पर्नेछ ।